Monthly Archives: अक्टोबर 2010

दाङ जिल्ला

परिचय

दाङ नेपालको मध्यपश्चिममा पर्ने उपत्यका हो। भित्रि मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ। दङ्गालीहरुले यो एसियाकै ठुलो उपत्यका हो भन्ने गरेको सुनिन्छ तर यसको वास्तविकता पुष्टि हुन बाँकि छ। दाङ जिल्लामा उपत्यका लगायत देउखुरी पनि पर्दछ।

दाङमा उल्लेख्य संख्यामा थारुहरु बस्दछन्। पहिले औलो लाग्ने भएकोले दाङमा थारुहरुको मात्र बस्ति थियो। तर औलोको औषधि हुन थालेपछि बिभिन्न जातका मान्छेहरु बसाई सरे। बसाइ सर्नेहरुलाइ साधारणतया पहाडी वा पहाडिया भन्ने गरिन्छ। अहिले दाङमा थारुहरु अल्पसंख्यकमा पर्दछन्। कतिपय मानिसहरु दाङमा पहिले थारु राज्य थियो भन्दछन्।

दाङका प्रमुख सहरहरुमा घोराही, तुल्सिपुर र लमहि पर्दछन्। पुर्वमा धानखोला कपिलवस्तु जिल्लासंग जोडिएको छ। पुर्वोत्तरमा अर्घाखाँचि र प्युठानसंग जोडिएको छ। उत्तरमा रोल्पा र उत्तरपश्चिममा सल्यान छन्। पश्रिममा बाँके पर्दछ र दक्षिणमा भारतको उत्तर प्रदेश संग सिमान जोडिएको छ।
जिल्लाको नामाकरण

पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि- लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो ।
जिल्लाको ईतिहास

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरुका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो । बिक्रमको चौधौँ शताब्दी को आखिरतिर यो जुम्लाको अधिनमा थियो । वि.सं.१४८० तिर सवारी कोटका राजा रतनपाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए ।

केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे । रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो । नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे ।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङको रक्षा गर्न सकेनन् । आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे । गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । वि.सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ पनि नेपालमा मिल्यो । वि.सं. १८९४ सालमा दरबारका कुनै क्रमारीको विवाह गरिदिदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डीत भयो ।

नेपाल एकिकरण पश्चात् दाङ सल्यान गौंडाका मातहतमा थियो । वि.सं. १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका १९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगंज गोश्वाराका मातहतमा गराइएको थियो । २००७ सालसम्म यहाँ माल अदालत हुलाक इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिए पछि यहाँ अञ्चलाधिस रहन थाले ।

फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङमा मिलेपछि दाङ आजको अवस्थामा आयो ।

Advertisements

दाङका दुई नगरपालीका मुलुककै उत्कृष्ट नगरपालीका

महानगरपालीका सहित मुलुकभरीका ५८ वटा नगरपालीकालाई उछिन्दै दाङका दुई वटा नगरपालीका यस वर्ष सरकारको उत्कृष्ट नगरपालीका बन्न सफल भएका छन् । घोराही दोस्रो र तुल्सीपुर नगरपालीकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएको स्थानिय विकास मन्त्रालयले जनाएको छ ।


पहिलो स्थान भने झापाको दमक नगरपालीकाले हात पारेको छ । स्थानीय निकायहरु गाविस नगर र जिविसका कार्यसम्पादन मूल्यांकन गर्ने स्थानीय विकास मन्त्रालय मातहतको स्वतन्त्र निकाय स्थानीय वित्तीय आयोगूले सार्वजनिक गरेको आथिर्क बर्ष ०६५ र ०६६ को नतिजा अनुसार घोराही र तुल्सीपुर नगरपालीका उत्कृष्ट हुन पुगेका छन् । दाङका घोराही र तुल्सीपुर नगरपालीका भन्दा अगाडि झापा जिल्लाको दमक नगरपालीका रहेको छ ।

आयोगको तालिका अनुसार घोराही नगरपालीका दोस्रो र तल्सीपुर नगरपालीका तेस्रो स्थानमा परेका छन् । स्थानिय विकास मन्त्रालययले उपलब्ध गराउने एक/एक लाख रुपैंयाको नगद पुरस्कार घोराही र तल्सीपुर नगरपालीकाले पाउने छन् ।
यो पुरस्कार दमक नगरपालीकाले पनि पाउने छ । त्यसै गरेर उत्कृष्ट १४ नगरपालीकामा परेका दमक घोराही तुल्सीपुरका साथै वीरेन्द्रनगर हेटौंडारत्ननगर नारायण वालिङ टीकापुर तानसेन धरान धनकुटा भरतपुर र कीर्तिपुरले पनि गरी १४ वटा नगरपालिका उत्कृष्ठ अंक प्राप्त गर्नेमा परेका छन् । तीन उत्कृष्ट नगरपालीका बाहेक अरु नगरपालीकाले भने ७५ हजारका दरले पुरुस्कार पाउने छन् । पुरस्कारसहित चौधवटै नगरपालिकाले स्थानीय विकास मन्त्रालयबाट चालू आर्थिक बर्षमा थप २५ प्रतितश अनुदान पाउने छन् । रकम उनीहरुको क्षेत्रफल गरिबी र करका आधारमा आयोगले तय गर्ने छ । अनुदान प्राप्त गर्ने नगरपालिकाहरुले रकम विकास निर्माणमा मात्रै खर्च गर्नु पर्छ ।

असफल नगरको सूचीमा दरिएको काठमाडौं महानगरपालीकाले सरकारबाट प्राप्त गर्ने २२ करोड ५० लाखभन्दा बढी अनुदान पनि गुमाएको छ । यदि महानगर उत्कृष्ठको सूचीमा परेको भए २२ करोड ५० लाख अनुदान प्राप्त गथ्र्यो । यो नतिजा ५८ वटै नगरपालिकाको आर्थिक बर्ष ०६५ र ०६६ को कारोबारमा आधारित छ । वीरगाज गौर राजविराज र मलंगवा नगरपालिका पनि असफल नगरपालीकाको सूचीमा परेका छन् ।

यी चारवटा नगरपालिकाको पनि पुँजीगत अनुदान कटौती भएको छ । देशकै एक मात्र महानगरपालीका न्यूनतम सर्त र कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अन्तिम अर्थात् ५८ औं स्थानमा परेको छ ।

%d bloggers like this: